काठमाडौं— जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक कोर्सका बीच मुलुकलाई निकास दिन राजसंस्था पुनःस्थापना गर्नुपर्ने भन्दै एक समूह सक्रिय भएको छ । राजसंस्था पक्षधरहरू राजतन्त्र फर्काउन भन्दै अन्तिम लडाइँ लड्ने तयारीमा जुट्न थालेका छन् । अब समय आइसकेको निष्कर्षसहित पूर्वराजा ज्ञानेन्द्र शाह पनि गोप्य तयारीमा जुटेको बताइन्छ । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि न तोकिएको समयमा चुनाव हुने निश्चित छ, न त सरकार र राजनीतिक दलहरूबीच समन्वय नै हुन सकेको छ । यही मौकालाई प्रयोग गर्दै फेरि देशमा राजतन्त्र पुनःस्थापनाको आवाज उठ्न थालेको हो ।
राजनीति


प्रतिक्रिया