काठमाडौं — सभापति शेरबहादुर देउवालाई आंशिक निष्क्रिय बनाएर चलेको कांग्रेसले आन्तरिक भाँडभैलो तीव्र बनेको छ । चुनाव अगाबै महाधिवेशन गर्ने वा यथास्थितिमै पार्टीलाई एकताबद्ध गरी चुनावमा होमिने भन्ने विषयमा द्वन्द्व बढेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु जसरी पनि चनाव अगाबै महाधिवेशन हुनुपर्ने पक्षमा रहँदा कार्यबाहक पाएर सबैलाई मिलाउनुुपर्ने जिम्मेवारी पाएका पूर्णबहादुर खड्का आफैँ गुटभेलामा सक्रिय भएका छन् । देउवाले चार वर्षसम्म गुटभेला राखेनन् । सबै निर्णय पार्टी बैठकबाट लिए । तर, कार्यवाहक पाएकै भोलिपल्ट यस्तो भेला गरेका खड्काले बुधबार फेरि यस्तो भेला बोलाए । तर, यसलाई उनीपक्षीय नेताहरु भने चरणबद्ध छलफलको संज्ञा दिन्छन् । संस्थापन पक्ष फागुनमै चुनाव भए बैशाखमा र चुुनाव सरे फागुनमै महाधिवेशन गर्ने पक्षमा देखिन्छ । यही बेला नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा रहेको इतर पक्ष भने आक्रामक बनेको छ ।
राजनीति


प्रतिक्रिया