काठमाडौं— एकपछि अर्को घटनाले चेपुवामा पर्दै आएका माधव नेपाल बुधबार पार्टी बैठकअघि निरिहजस्ता देखिन्थे । पूर्वप्रधानमन्त्रीका हैसियतमा सरकारले दिएका सुरक्षाकर्मी थिएनन्, एमालेमा छँदाजस्तो उत्साह थिएन, महत्वपूर्ण बैठकस्थलमा समेत कुनै रौनक थिए । एमाले फुटाएपछि नयाँ पार्टी निर्माणको औचित्य पुुष्टि नगरी माओवादीँग मिसिन लागेका माधव एकातर्फ यही चिन्ता अर्कोतर्फ व्यक्तिगत जीवनमै एकपछि अर्को घटनाले पनि यो अवस्थामा देखिएको हुनुपर्छ । जेनजी आन्दोलनका क्रममा घर जल्यो, पूर्वप्रधानमन्त्रीका रुपमा राज्यबाट पाएको धेरैजसो सुविधा खोसिएको छ । पतञ्जली जग्गा प्रकरणमा मुद्दा छ । इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा परेको घटनाका मुख्य पात्र आफैँ बनेका छन् । गत जेठदेखि नै उनलाई पार्टीको नेतृत्व छाड्न दबाब छ । तर, जब ओलीविरुद्ध प्रहार गर्नुपर्ने समय आउँछ । तर, उनको अनुहारमा क्रान्तिकारी धार देखिन्छ । आक्रोश देखिन्छ । अलिक धेरै सक्रियजस्तो देखिन्छन् । बुधबार माओवादीसँगको एकताबारे निष्कर्ष निकाल्न बोलाइएको केन्द्रीय समिति बैठकमा समेत माधव यसैगरी बम्किए।
देश


प्रतिक्रिया