देश

सुशीला सरकार ढाल्न ओलीको प्रस्ताव, बालेन पनि त्यही चाहन्छन् ? सर्वोच्चमा वकिलको चर्को बहस (भिडियोसहित)


काठमाडौं— जेन जी विद्रोहको जग र चुनाव गराउने कार्यादेशसहित बनेको शुशीला कार्की सरकारको आयूमाथि नै प्रश्न उठ्न थालेको छ । जेन जीसँग बढेको दूरी,आन्दोलनका बेला भागेकाहरुको रजगज र दलहरुले उठाएको प्रश्न लगायतका कारणले यस्तो बहस शुरु भएको हो । यसबाहेक कानुनी रुपमा उठेको प्रश्न समेत अर्को कारण बन्दा प्रतिनिधिसभा विघटनविरूद्ध कुल १६ वटा रिट परेका थिए । ती सबै रिटलाई एउटै मुद्दाका रूपमा सुनुवाइ भइरहेको छ। सुनुवाइका लागि वरिष्ठतम अनुसार न्यायाधीशहरूको संवैधानिक इजलास गठन गरिएको छ । जहाँ सरकारको वैधतामा उठेको प्रश्न निरूपण नभई निर्वाचन हुन नसक्ने दलिल प्रस्तुत हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त पहिले नै प्रतिनिधिसभा विघटन गर्न सिफारिस नगरेको बताईसकेका छन् । अर्कातर्फ यो निर्वाचनले जेन जीको माग पुरा गर्ने तथा एजेण्डालाई कार्यान्वयन गर्नसक्ने अवस्था समेत छैन । यदि त्यसो भए यो सरकारको औचित्य के भन्ने प्रश्न समेत बलियो छ । यसबाहेक जेन जीको मुख्य स्टेकहोल्डर जस्तो देखिने बालेन्द्र शाहको लुसिफर शैली होस या स्वयम जेन जीमै देखिएको फुट र अन्यौलताको अवस्थाले होस । यसले समेत सरकारको आयूबारेको प्रश्न पेचिलो बन्दा जेन जीहरुको प्रश्नको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे रोडम्याप नै प्रस्तुत गरेका छन् । जहाँ उनले आफू प्रधानमन्त्री नहुनेदेखि संसद पुर्नंस्थापनापछि जेन जी सहितको सरकार र २१ फागुनकै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको जिकिर पनि गरेका छन् ।