काठमाडौं–ओमप्रकाश अर्याल गृहमन्त्री भएयताका अभिव्यक्ति याद गर्नुभएको छ ? उनको एकमात्र तीर केपी शर्मा ओलीतर्फ सोझिएको छ । ‘ओली पक्राउ पर्न सक्छन् । ओली कानुनभन्दा माथि हुने दिन गइसक्यो ।
ओली यो देशका महामानव होइनन् ।’ यी र यस्तै वाक्य सुनेको एक महिना बितिसकेको छ । तर, न अर्यालले ओली गलत हुन् भने थुन्ने आँट देखाएका छन् । न उनको उछितो काट्न छाडेका छन् । आफ्नो हातमा शक्ति नहुँदा थुनिन्छु कि भन्ने मनोदशाबाट गुुज्रिरहेका ओली र थुन्न नसके के होला ? भन्ने मनोदशाबाट अर्याल गुज्रिरहेका छन् ।


प्रतिक्रिया