काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी नेपाल संवत् ११४६ को स्वागत गरिएको छ । नेपाल संवत्को नयाँ वर्ष सुरुवातसँगै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।
एकातिर सरकार प्रमुखबाट यस्तो घोषणा आउँदा, अर्कोतिर राष्ट्रिय मान्यता पाएको एक दशकभन्दा बढी भइसक्दा पनि यो मौलिक संवत् सरकारी कामकाज र आम व्यवहारमा लागू हुन सकेको छैन ।


प्रतिक्रिया