काठमाडौं— यस्ता चुनौती वर्तमान सरकारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खुला रुपमा दिइरहेका छन् । नौ दिन नेपाली सेनाको सुरक्षामा बसेर जबदेखि उनी सार्वजनिक मञ्चमा आए तबदेखि नै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि ओलीले आगो ओकलिरहेका छन् । अन्तरिम सरकारको जन्ममा नै रुष्ट ओली सरकारले चालेका कदमबाट पनि सन्तुष्ट छैनन् । अन्तरिम सरकारको गठनमाथि नै प्रश्न उठाएका उनले संसद् विघटनलाई प्रमुख हतियार बनाएर कार्की सरकारलाई निशाना बनाइरहेका छन् । ओली राजनीतिक बाहेक प्रधानमन्त्री कार्कीको शारीरिक अवस्था र उमेरमा समेत प्रहार गर्न पछि परेका छैनन् । आफ्नै असन्तुलित औँला देखाउँदै कार्कीको मजाक उडाइरहेका छन् । सम्पत्ति शुद्धीकरणको विषयमा पनि २०४७ बाट नभई २००७ सालदेखि नै छानविन गर्न ओलीले चुनौती दिएका छन् । संसद् पुनस्र्थापनाको माग र निर्वाचनमा भाग नलिने घोषणा गरेका ओली सुशीलालाई असफल बनाउन उद्यत देखिन्छन् । सुशीलाको उद्देश्य नै चुनाव गराउने हुँदा यसलाई सफल हुन नदिन हाहुको सरकारले चुनाव नगराउने र भाग पनि नलिने भन्दै माहोल भड्काउन लागिपरेका छन् ।
देश


प्रतिक्रिया