काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।
जेनजी आन्दोलनपछि ओलीले पहिलोपटक आइतबार दिउँसो एक बजे ललितपुरको रामबाग महलमा सम्पादकहरुसँग छलफल गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ।
प्रेस चौतारीले कार्यक्रम आयोजना गरेको हो। एमाले केन्द्रीय कमिटीको बैठक पनि रामबाग महलमै भएको थियो। पूर्वप्रधानमन्त्री ओली सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका आएका छन् ।


प्रतिक्रिया