Breaking

चलाख कमरेड प्रचण्ड : कांग्रेस–एमालेबाट दिक्क भएपछि जेनजीसँग ठिक्क, पार्टीमा प्राण भर्न अनेक दाउ (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको दबाबमा परेका माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जाने निर्णय पार्टीबाट पारित गराए । उनी हाल महाधिवेशन आयोजक कमिटीको संयोजकका रुपमा छन् । जेनजीको भावनाअनुसार रुपान्तरण चाहेको भन्दै अध्यक्षको हैसियतमा नरहे पनि पार्टी नेतृत्वमै रहेका उनी जेनजी अवतारमा समेत उत्रिन थालेका छन् ।