काठमाडौं— गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा सुरु भएको छ । आन्दोलनका क्रममा प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका भएपछि सेवा प्रभावित भएको थियो ।
कार्यलयका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने छ । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ ।
सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु पाँच बजेभित्रै उपस्थित हुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।


प्रतिक्रिया