काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणा देउवा ३४ दिनपछि सार्वजनिक भएका छन् । भदौ २४ गते बर्बर आक्रमण हुँदा समेत कार्यकर्ताको साथ नपाएका उनीहरु कार्यकर्ताको भीड छिचोल्दै सानेपास्थित पार्टी कार्यालय पुगे । सायद पार्टी कार्यालय आउँदा जत्तिकैको सुरक्षा २४ गते पाएको भए सार्वजनिक भइरहन नपर्ने पनि थियो । आरजुको अनुहारमा पुरानै चमक देखिन्थ्यो भने देउवामा पनि उत्साह मरेको थिएन । सकारात्मक पक्ष चाहिँ के भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो अहंकार उनमा थिएन । सबै मृतकप्रति श्रद्धाञ्जलि र परिवारलाई समवेदना दिए । अराजक गतिविधिको विरोध गरे । यो घटनालाई उनले इतिहासकै एक डर लाग्दो दिनको रुपमा स्मरण गरेका छन् ।
देश


प्रतिक्रिया