काठमाडौं — प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो ।
इजरायली सेनाले रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको छ । उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । बन्धकहरू छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो ।
चारै जनाको शवको फरेन्सिक परीक्षण हुनेछ । फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पु¥याइएको छ । शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन् ।


प्रतिक्रिया