काठमाडौं— जेनजी आन्दोलनले नियमित हुने निर्वाचनलाई दुई वर्ष अगावै गराउने भएसँगै निर्वाचनसँग जोडिने प्रत्येक निकाय त्यसको तयारीमा जुटेका छन् । २०८४ सालमा हुनु पर्ने निर्वाचन २०८२ मै भएपछि अन्तरिम सरकारको प्राथमिकता नै चुनाव गराउने भएको छ । यसका लागि राजनीतिक दल, निर्वाचन आयोग, प्रहरी प्रशासन सबै आ–आफ्नो तवरले लागिपरेका छन् । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारी निकायहरू लागिपर्दा यता युवापुस्ता पनि फागुन २१ गते हुने निर्वाचनलाई लिएर निकै उत्साहित देखिएका छन् । त्यसैले उनीहरू स्वतःस्फूर्त रूपमा मतदाता परिचयपत्र बनाउनका लागि आयोगका जिल्ला कार्यालयहरू पुगिरहेका छन् । त्यसकै एक दृश्य आइतबार काठमाडौँको मीनभवनस्थित जिल्ला निर्वाचन कार्यालयमा पनि देखियो ।
देश


प्रतिक्रिया