देश

प्रतिनिधि सभा पुनस्र्थापनाका लागि अदालत जाने एमालेको निर्णय


काठमाडौं— नेकपा एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि अदालत जाने भएको छ । केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापना हुनुपर्ने माग गर्दै अदालत जाने निर्णय गरेको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष एमालेको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि जनपरिचालनका कार्यक्रम गर्ने जानकारी दिए । एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन थाल्ने पनि जनाएको छ ।

असोज २९ देखि ३१ गतेसम्म एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । एमालेले संयुक्त आन्दोलनको लागि लोकतन्त्र पक्षधर दलसँग संवाद गर्ने निर्णय पनि गरेको छ । एमालेले आगामी मंसिर अन्तिममा ११औँ महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।