नेपाली बजारमा सुनको मूल्य सुन्ने नसकिनेगरी आकाशिएको छ । यो क्रम निरन्तर रहँदा रेकर्ड बनाउने क्रम अझै केही दिन रोकिने अवस्था छैन । ठिक ६ महिनाअघि बैशाखमा सुनको मूल्य १ लाख ८४ हजार ६०० थियो । अहिले प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । दशैंअघि अन्तिम कारोबारको दिन असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार दुई सय रुपैयाँ थियो । त्यसपछि बजार खुलेको गत मंगलवार २३ सय, बुधबार २६ सय र बिहीबार २२ सय रुपैयाँले बढ्यो । अर्थात दशैंयता मात्र सुनको मूल्य १६ हजार रुपैयाँले बढिसकेको छ । यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुमा आन्तरीक भन्दा पनि वाह्य कारण बढी रहेको सुनचाँदी व्यवसायीहरु बताउछन् । उनीहरुका अनुसार सुनको भाउ कोभिडयता नै निरन्तर बढ्दै गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेर प्रतिऔंस चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो क्रम कहीलेसम्म बढिरहने हो भन्न सकिने अवस्था छैन् । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुनको भाउ झन् पनि झन् बढ्दै गएको व्यवसायीको बुझाइ छ । रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको कर नीति पनि कारक रहेको व्यवसायीहरु बताउँछन् ।
देश


प्रतिक्रिया