अन्तर्राष्ट्रिय

भारतको हिमाचलमा यात्रुबाहक बस पहिरोमा पर्‍यो, १५ जनाको मृत्यु


काठमाडौँ । भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।

बिलासपुर जिल्लामा एक निजी बस दुर्घटना भएको हो । १८ जनालाई उद्धार गरिएको छ, जसमध्ये तीन जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ ।

मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दुखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृत्यु भएका र घाइते भएकाहरूका लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्षतिपूर्तिको घोषणा पनि गरेका छन् ।

प्रत्येक मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र घाइतेहरूलाई ५० हजारको पीएमएनआरएफबाट प्रदान गरिनेछ।