Breaking

जुनसुकै बेला पक्राउ पर्न सक्छन् महेश बस्नेत, यस्तो छ कारण


काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत जुनसुकै बेला पक्राउ पर्न सक्छन् ।  आइतबार नै बस्नेतलाई पक्राउको तयारी गरेको भएपनि अनुकुल वातावरण नभएकाले प्रहरी रोकिएको थियो ।

अब चाँडै नै प्रहरीलाई उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।  बस्नेतविरूद्ध साइबर अपराधमा उजुरी परेको र त्यसको आधारमा पक्राउको तयारी भएको हो ।

जानुका पाठक (शोभा)ले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीलाई प्रहरीले व्यूताएर पक्राउ गर्ने तयारी गरेको हो । यसअघि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो ।  

बस्नेतले पाठकलाई लक्षित गर्दै फेसबुकमा अश्लिल शब्द प्रयोग गरेका थिए । जेनजी आन्दोलनपछि बस्नेत भडकिला अभिव्यक्ति पनि दिदैँ आइरहेका छन् ।