देश

संविधानले रोक्छ प्रत्यक्ष कार्यकारी, जेनजी भने बहसमा, सुशीलाको इन्कार, लोकप्रियतावादी तनावमा (भिडियोसहित)


काठमाडौं— हुन त जेनजी आन्दोलनको मागमा कुनै शाशकीय परिवर्तनको माग थिएन । तर, समय र परिस्थितिले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था माग्न थालेको छ । जेनजी पुस्तादेखि बौद्धिक तहमा समेत यसबारे बहस बाक्लिएको छ । वर्तमान संविधानअनुसार नै चुनाव हुने भनिएका बेला एउटा समूहले भने जसरी पनि संसदले प्रधानमन्त्री छान्नुुपर्नेबाट मुक्त हुनुपर्ने बताइरहेको छ । तर,जेनजीले बनाएको सरकारले नै कुनै शाशकीय स्वरुप परिवर्तन गर्न नसक्ने अर्थात, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सम्भव नरहेको स्पष्ट बताएकी छिन् ।