देश

कांग्रेस–एमाले पन्छाउन नयाँ पार्टी खोल्नेको ताँती, रास्वपा पनि पुरानो, कुलमान र बालेनका छुट्टै दल ? (भिडियोसहित)


काठमाडौं — आगामी फागुन २१ गतेको चुनाव लक्षित गरी दल खोल्नेहरुको होड चलेको छ । दर्जनौँ व्यक्तिहरु दल खोल्ने चर्चाको शिखरमा रहँदा जेनजी जोडिएका नाम र समूहहरुको समेत बाहुल्य देखिएको छ । आगामी निर्वाचन यही संविधान अनुसार हुने भएपछि दल बनाएर चुनाव लड्नुको विकल्प छैन । यसैकारण, बालेन शाह, कुलमान घिसिङदेखि पार्टीमा विद्रोह सफल नभए गगन थापासम्म पनि दल खोल्ने तयारीमा छन् । यही बीचमा बिहीबार मात्र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपाल नागरिक नामको पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।