देश

एकाएक तातिए गृहमन्त्री, दलका नेताका फाइल खोल्न ऋक्ष्द्य पुगे, कांग्रेस–एमालेका मन्त्री बनेकाहरु निसानामा (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्री बन्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व परिवर्तन गरेका गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार महाराजगञ्जस्थित सिआईबी कार्यालय पुगेका छन् । उनले एआईजी डा. मनोज केसीको कमान्डमा रहेको सीआईबीको स्थलगत निरीक्षण गरेका हुन् । एआईजी केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रमुख प्रहरी अधिकारी हुन् । अन्तरिम सरकारले एकाएक केसीलाई सीआईबी प्रमुख बनाएपछि धेरैले राजनीतिक प्रभावमा बिथोलिएको भुटानी शरणार्थी प्रकरणको फाइल पुनः खुल्ने अपेक्षा गरेका छन् । गृहमन्त्री अर्यालले यसका लागि ‘ग्रिन सिग्नल’ दिइसकेको बुझिएको छ । सीआईबी प्रमुखसहित प्रहरी अधिकारीहरूसँगको छलफलपछि मन्त्री अर्यालले विगतमा राजनीतिक प्रभावमा रोकिएका सबै मुद्दामा ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन् । उनले अपराध अनुसन्धानका क्रममा रोकिएका फाइलहरू खुल्ने बताएका छन् । सुशासन पहिलो सर्त भएको बताउँदै गृहमन्त्री अर्यालले नयाँ–पुराना सबै मुद्दाका फाइल खुल्ने र त्यसमा वर्तमान सरकारले कुनै अवरोध नगर्ने स्पष्ट पारे ।