काठमाडौं— कसैले सोचेको थियो होला र ? कि ओली, प्रचण्ड, र देउवामाथि यो जुनीमा छानबिन हुन्छ भन्ने कुरा ? ‘सबै सम्पत्ति बेचिसकेँ, घर बनाउन काठ किन्न सकिनँ’ भन्ने डा. आरजु राणाको घरमै पैसाको भण्डार भेटियो । पानी भर्ने ट्यांकीमा पैसा राखिँदो रहेछ । विश्वासै नलाग्ने प्रचण्डजस्ता क्रान्तिकारी नेताको घरमा समेत यस्तै पैसा राख्ने सेल्टर फेला परेका अपुष्ट विषय आएका छन् । यी सबै पात्रमाथि यही जुनीमा अनुसन्धान सुरु भएको छ । बुुढानीलकण्ठमा भेटिएका पैसाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । अब भुटानी शरणार्थीदेखि हिजो सत्ताको रजगजमा बन्द गरिएका सबै फाइल खोल्ने तयारीमा सरकार जुटेको छ ।
देश


प्रतिक्रिया