अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१बुँदे योजना सार्वजनिक


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न २१ बुँदे योजना अघि सारेका छन् । ट्रम्पले शान्ति कायम गर्ने योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग अघि सारेका छन् ।

संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ । यो पहलले इजरायलसहित सम्पूर्ण मध्यपूर्वका देशहरूको चासो सम्बोधन गर्ने दाबी अमेरिकाले गरेको छ ।

प्रस्तावमा गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइसहित इजरायली सेनाको फिर्ती र मानवीय सहायताको सुनिश्चित गर्ने प्रावधान राखिएको छ ।