देश

सुशीला–बालेन जागे, बन्यो नयाँ प्लान, डढेको पैसाले ओली–प्रचण्ड र देउवा फसे, पासपोर्ट रोकिँदै (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनबाट बनेको सरकार, जेनजी पुस्ताकै असन्तोषको केन्द्रमा रहँदा प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा पहिलो पटक बिहीबार सम्बोधन गरेकी छन् । जनताबाट लखेटिएका दलका नेता जाग्नु, कार्यकर्ताले सरकारमाथि नै थ्रेट दिन थाल्नु र भ्रष्टमाथि कारबाही नभएको भन्दै आक्रोश झनै चुलिँदा सकेसम्मको जवाफ दिने प्रयत्न प्रधानमन्त्री कार्कीले गरेकी छन् । यही क्रममा कार्कीले दल र नेता जोडिएको भ्रष्टाचारबारे प्रष्ट जानकारी आइसकेको भन्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने बताएकी छन् । त्यसको सुरुवात स्वरुव जलेका घरहरुमा देखिएको नगद पैसाबाट अनुसन्धान सुरु भएको उनको भनाइ छ ।