काठमाडौं — नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरु हुँदै गर्दा केही नेताले विरोध जनाए । प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एवम् साङ्गठनिक प्रस्ताव राखेका छन् । त्यसअघि बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीबारे महासचिव देव गुरुङले जानकारी गराएपछि केही नेताहरूले आपत्ति जनाएका थिए । माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङ र सुदन किरातीसहितले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने मागसहित महासचिव गुरुङको प्रस्तावमा आपत्ति प्रकट गरे । तर, प्रचण्डले सामूहिक रूपमा समूहगत धारणा सुन्ने रणनीति बनाएका छन् । विरोध हुन सक्ने अवस्था बुझेपछि उनले समूहका नेता र पदाधिकारीहरूको मात्रै कुरा सुन्ने योजनासहित महासचिव गुरुङमार्फत प्रस्ताव राख्दा विरोधको स्वर उठेको हो । पार्टीभित्र ‘जेन–जी’लाई स्थान दिने र उनीहरूकै मुद्दा बोक्ने भनेर चलाखी देखाएका प्रचण्डविरुद्ध युवा नेताहरूले नै विरोधको फायर खोलेका छन् ।
देश


प्रतिक्रिया