काठमाडौं — भादगाउँले कालो टोपी, पहेँलो पाइजामा, वरिपरि नेता–कार्यकर्ता । ‘जेन जी’ आन्दोलनका कारण सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको एमालेका नेतालाई गुण्डुमा गुण्डी हाँक्दै थिए । ९ दिन सेनाको सुरक्षामा बसेर अहिले डेरा सरेका उनी पदाधिकारीसँग भेट गरी पार्टी नेतृत्वमा रहिरहन अनुकूल वातावरण बनाउने साहस गरिरहेका छन् । केही दिनदेखि पदाधिकारी र अन्य नेतासँग ‘वान टु वान’ संवाद गरेका उनले सकेजति समय युवालाई नै दिइरहेका छन् । अर्थात्, ‘जेन जी’ एमालेमा पनि छन् है भन्ने भाष्य निर्माण गर्न खोजिरहेका उनी भदौ २३ को घटनामा आफूलाई क्लिन चिटसमेत दिइरहेका छन् । निहत्था ‘जेन जी’माथि बर्बर दमन गरेर १९ जनाको ज्यानै लिएको सरकारको नेतृत्व गरेका उनी त्यसलाई षड्यन्त्रको लेप लगाएर बच्न खोजिरहेका छन् । उनकै कारण २४ गते भएको विध्वंश र त्यही कारण हेलिकप्टरमा भाग्नुपरेको बिर्सिएझैँ गरी उनी गुण्डुबाट पार्टी चलाइरहेका छन् ।
देश


प्रतिक्रिया