काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएकाछन् ।
उनले आज काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेशगर्नु भएको हो । बैठकले केन्द्रीय समितिभंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।


प्रतिक्रिया