काठमाडौं— स्थापनाकालको छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभिन्न काण्ड र विवादमा मुछिँदै आएको छ । पार्टीको जग र मेरुदण्डका रुपमा रहेका सभापति रवि लामिछाने नै बारम्बार विवादमा मुछिँदा रास्वपाको साख खस्कदो क्रममा छ । नयाँ र फरक विचार बोकेको पार्टीको परिपाटी पनि पुरानैशैलीको भएको आरोप लागिरहँदा रास्वपाको नेतृत्व सच्चिन आवश्यक रहेको विश्लेषण भइरहेको छ । एमालेमा केपी शर्मा ओली, कांग्रेसमा शेरबहादुर देउवा, माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तै रास्वपामासमेत लामिछानेकै वरिपरि सिंगो पार्टीपंक्ति चल्नु दुर्भाग्यपूर्ण मान्नु पर्छ । देश भ्रष्टाचारको दलदलमा फसेको अवस्थामा नवोदित पार्टी रास्वपाको छोटो समयमै चमत्कारी ढङ्गले उदय भएको थियो । तर, वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिन सकेन । जेनजी आन्दोलनपछि रवि लामिछाने र पार्टीप्रति नागरिकको झुकावमा कमी आएको छ । रास्वपाभित्र मुद्दाको किनारा नलागेसम्म सभापति लामिछानेले नेतृत्व छोड्नुपर्ने आवाज बलियो बन्दै गएको छ । रविको कार्यशैलीमाथि नेता–कार्यकर्ताले प्रश्न उठाउँदा रास्वपा नै संकटको डिलमा उभिएको छ ।
देश


प्रतिक्रिया