काठमाडौं— सुदन गुरुङ अहिले एउटा यस्तो नाम बनेको छ, जसको परिचय दिइरहन खासै आवश्यक छैन । विशेष गरी भदौ २३ र २४ को जेन–जी प्रदर्शनअघिसम्म केही निश्चित समूहबीच मात्रै परिचित यो नाम अहिले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नै परिचित बनिसकेको छ । आन्दोलनअघिसम्म ‘हामी नेपाल’को संयोजक र अभियन्ताका रूपमा मात्रै सीमित उनी अहिले ‘किङ मेकर’कै रूपमा स्थापित भएका छन् । गुमनामीदेखि चर्चा र विवादको पर्याय बन्दै सुदनले यहाँसम्मको यात्रा तय गरेका हुन् ।
देश


प्रतिक्रिया