काठमाडौं — नेपालपछि अब फिलिपिन्समा पनि जेन–जी पुस्ता सडकमा उत्रिएको छ । बाढी नियन्त्रण परियोजनामा भएको भनिएको बृहत् भ्रष्टाचारविरुद्ध हजारौँ नागरिक आक्रोशित बनेका छन् । राजधानी मनिला मात्र होइन, विभिन्न प्रान्तीय सहरहरूमा समेत आन्दोलनको आवाज सुन्न थालिएको छ । सरकारले छानबिनका लागि आयोग बनाए पनि प्रदर्शनकारीहरू अझै आक्रोशित छन् । फिलिपिन्समा पछिल्ला केही सातादेखि निरन्तर आन्दोलन भइरहेको छ । आइतबार मात्रै करिब तीन हजार विद्यार्थी फिलिपिन्स विश्वविद्यालयबाट मार्च गर्दै सडकमा उत्रिएका छन् । उनीहरूले ‘नो मोर करप्सन’ र ‘जस्टिस फर फ्लड फन्ड्स’ जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया