देश

पृथ्वी राजमार्गको जवाङखोलामा पहिरो जाँदा मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरूद्ध


काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङखोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा गएराति पहिरो खसेको हो ।

निरन्तर पहिरो झरिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहान झन ठूलो पहिरो खसेको छ । जसका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्ड पूर्णरूपमा अवरूद्ध भएको छ ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । सडक अवरूद्ध हुँदा यात्रुहरू लामो सवारी जाममा फसेका छन् ।