काठमाडौं — यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला गरिएको छ । सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको हो ।
रुट परमिट खुला गरेसँगै अब रुट अनुमति नलिइ सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने यातायात व्यवसायी महासंघले जानकारी दिएको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालनमा रोक लगाइएको छ ।


प्रतिक्रिया