देश

गम्भीर मोडमा गगन–विश्व, बुढा नेताले कब्जा छोडेनन्, हस्ताक्षर सुरु, अब के होला ?


काठमाडौं — गगन थापा, कांग्रेसका महामन्त्री हुन् । अहिले जेनजी आन्दोलनपछि पार्टी सुध्रिनुपर्छ भन्दै कसैले अभियान चलाएका छन् भने ती उनै हुन् । जेनजी सहिदहरुलाई आतंककारी भनेका छैनन् । बरु बलिदानीको अपनत्व लिएका छन् । देश यो अवस्थामा पुग्नुको जिम्मा लिँदै माफी मागिरहेका छन् । नेतृत्वलाई खबरदारी गर्न नसकेकोमा ग्लानी गरिरहेका छन् । पार्टीमा ब्यापक सुधारको बहस चलाइरहेका छन् । नेतृत्व सभापति शेरबहादुुर देउवाले गर्धनमा खुकुरी बज्रिँदा समेत राजीनामा दिएका छैनन् । तर, नियमित प्रक्रियामार्फत नेतृत्व छाड्न भने तयार देखिएका छन् । गगनले भनेजस्तो आगामी मंसिरमै महाधिवेशन गर्न देउवा तयार भएका छन् । अब उनलाई प्रतिस्पर्धामा रोक्ने पात्र देउवा भएनन् ।