नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताए ।
आयोजक समितिले तल्लो तहका कमिटीबाटै अधिवेशन गर्दै मङ्सिरभित्र केन्द्रको विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ । महाधिवेशनबाट प्रत्यक्ष चुनेर अध्यक्षसहितका सबै पदाधिकारी हुनेगरी जान समेत प्रचण्डले प्रस्ताव गरेको ती नेताको दाबी छ ।
यस्तै प्रचण्डले फागुन २१ को निर्वाचन सफल बनाउन पार्टीको तर्फबाट वातावरण निर्माण गर्ने प्रस्ताव समेत गरेका छन् । यसैगरी बैठकमा प्रचण्डले जेनजी आन्दोलनपछिका अवस्थाबारे पनि व्याख्या गरेका छन् । अहिलेको परिस्थिति माओवादीबाहेक अरुले सम्हाल्न नसक्ने समेत प्रचण्डले जिकिर गरेको उनको भनाइ थियो ।


प्रतिक्रिया