काठमाडौं— बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ । वायुसेवा प्रदायक कम्पनिहरूले न्यूनतम मूल्यमा हवाई टिकट बेच्न छोडेका छन्। विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा पर्ने देखिन्छ ।
काठमाडौं–नेपालगञ्ज रुटमा दुईदेखि तीन हजारसम्म टिकट मूल्य बढेको छ। पाँच हजार चार सयै काठमाडौं आउन सकिने भए पनि नेपालगञ्ज जान भने आठ हजार ३०० रुपैयाँसम्म तिर्नु भएको छ । यस्तै काठमाडौंबाट धनगढी जान १६ हजारभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन ।
यस्तै काठमाडौंबाट सुर्खेत सामान्य अवस्थामा साढे सात हजार रुपैयाँमा पुग्न सकिन्थ्यो। तर अहिले भने १० हजार रुपैयाँभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। काठमाडौँदेखि भद्रपुरको हवाई भाडा पनि महँगिएको छ ।


प्रतिक्रिया