काठमाडौं— सुक्खा पहिरो खसेका कारण शुक्रवार साँझदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तुइन खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । लगातार पहिरो खसेका कारण सफा गर्न समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ । समय समयमा फाटफुट ढुङ्गाहरु झरिरहेको कारण पहिरो हटाउन कठिनाई भईरहेको छ । पहिरो झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।
राती ठूलो पहिरो खसेपछि पहिरो हटाउन समय लागेको हो । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा रुटका साधन समेत प्रभावित भएका छन् । प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न माइकिङ गरेको छ । सडक अवरुद्ध भएपछि रातभर यात्रु अलपत्र परेका हुन ।
पहिरो खसेर दुई वटा इभी माइक्रोमा क्षति पुगेको छ ।


प्रतिक्रिया