देश

सुशीला क्याबिनेट ः भिमार्जुन र सन्दुकको धोका ?, भ्रष्ट नेतामाथि छानबिनको आलटाल, जेनजीको दबाब खोई ? (भिडियोसहित)


काठमाडौं — भ्रष्टाचारविरोधी अभियानसहित सडकमा आएको जेनजी आन्दोलनका मुख्य माग सम्बोधनमै सरकार अलमलिएको छ । आन्दोलनले तत्कालित सरकार ढाले पनि भ्रष्टाचार नियन्त्रण, नेता र तीनका छोराछोरीको बिलाशी जीवनशैलीको स्रोत खोज्ने र देशमै बस्ने वातावरण सिर्जना गर्नु मुख्य माग हो । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको एक साता बित्दा समेत उनीहरुका माग सम्बोधन गर्नेगरीका कदम चाल्ने प्रकृया समेत सुरु भएको छैन ।