काठमाडौं— जेनजी आन्दोलन उग्र बनेसँगै ज्यानको सुरक्षाका लागि निवास छाडेर सुइकुच्चा ठोकेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन् । आन्दोलनका कारण सुरक्षा चुनौती बढेपछि सेनाको शरणमा पुगेका प्रचण्ड, एक सातापछि देखा पर्दा पार्टी हाँक्ने उनको हुटहुटी अझै जीवितै रहेको छनक दिइरहेका छन् । आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते खुमलटारस्थित निवास छोडेका प्रचण्डले भदौ ३१ गते पार्टी कार्यालय पेरिसडाँडा पुगेर क्षतिग्रस्त भवनको अवलोकन गरे । उनले आगजनीले राख बनेको कार्यालयको अवलोकनमात्रै गरेनन्, खरानी समेत कोट्याएर पुनः उठ्ने दृढता व्यक्त गरे । दाँयाबाँया पम्फा भुसाल र वर्षमान पुन र पछाडि अग्नि सापकोटालाई राखेर प्रचण्डले आफूहरू अझ भव्य भवन निर्माणसँगै पार्टीलाई पनि सशक्त बनाएर जाग्ने अभिव्यक्ति दिन भ्याए ।
देश


प्रतिक्रिया