काठमाडौं— ‘जेनजी’ पुस्ताको आन्दोलनमा प्रदर्शनकारीबाट ध्वस्त पारिएको सर्वोच्च अदालत लयमा फर्कने प्रयासमा छ । आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीबाट खण्डहरमा परिणत भएको सर्वोच्चले हाल त्यही परिसरमा त्रिपाल टाँगेर सेवा प्रवाह थालेको हो । अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण भवनका अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दाका अभिलेख तथा मिसिल र सूचना प्रविधि प्रणालीमा समेत क्षति पुगेपछि नियमित कामकारबाही अवरुद्ध भएको थियो । सर्वोच्चमा आगजनी भएको नौ दिनपछि बिहीबार, अदालत परिसरमै त्रिपालमुनि इजलास बसेको हो । परिसरमा जलाइएका गाडीहरूको थुप्रो पन्छाएर त्रिपाल टाँगी इजलास सञ्चालन गरिएको छ । काठका सामान्य कुर्सी–टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र नजिकै कानुन व्यवसायी बसेर सेवा दिइएको छ ।
देश


प्रतिक्रिया