काठमाडौं— जब–जब ओली सत्तामा पुग्छन् । तब–तब अनिष्ट हुन्छ । संसद विघटन उनकै पालामा । आन्दोलनको आगो उनकै पालामा । अहिले ओली यस्तै कृत्यका कारण गुप्तबासमा छन् । उनी ध्वंशका मतियार बनेका छन् । १९ जेनजी आन्दोलनकारीको हत्याको जिम्मा ओलीले लिनुपर्छ । किन कि हत्या हुँदा पनि ओलीको अहंकार कायम थियो । कसैको सल्लाह सुनिरहेका थिएनन् । बरु भदौ २४ गतेको बिहानसम्म आन्दोलनकारीलाई ‘भुटिदिन’ अर्थात, उसै परे गोली वर्षाउन सेनालाई आग्रह गरिरहेका थिए । अहंकारको खाडलबाट बाहिर निस्किन सकिरहेका थिएनन् । जब, आन्दोलन उग्र बनेपछि सेनाले राजीनामा नदिएसम्म बालुवाटारबाट उद्धार नगर्ने अड्डी कस्यो, तब ओली ज्यान जोगाउन राजीनामा दिन बाध्य बने । सेनाले नजोगाएको भए भदौ २४ गते जे पनि हुन सक्थ्यो । घर जलेर खरानी हुँदा अहिले उनलाई डेरामा बस्ने पर्ने बाध्यता छ । उनकै अहंकारले देश जलेको हो । अब जलाउन बाँकी केही छैन । अब मर्न बाँकी कोही छैन । तर, न ओली सुध्रिएका छन् । न एमाले सुध्रिने बाटोमा छ । यो भन्दा पनि बिडम्बना त के छ भने यति सबै भइसक्दा पनि ‘बा’को विरुद्धमा कसैको वाक्य फुटेको छैन । ओलीको अहंकारका अघि एमाले जोगाउने जाँगर युवा नेता भनिएकाहरुमा समेत देखिएको छैन ।
देश


प्रतिक्रिया