काठमाडौं— संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको हो ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको छ । नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । संविधान घोषणा भएको १० वर्ष हुँदासमेत अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।
यसैबीच, प्रमुख दलहरूले देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउदै छन् ।


प्रतिक्रिया