काठमाडौं — जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गर्दै सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आज सार्वजनिक बिदा दिइएको हो । आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७२ जनाको मृत्यु भएको थियो । मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
कतिपय युवाहरुको शव उनीहरुकै गृहजिल्लामा पु¥याइएको थियो । भावविह्वल परिवारले सरकारसँग परिवर्तनको अठोट खोजेका छन् ।


प्रतिक्रिया