काठमाडौं । यसवर्षको बिजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।
टीकाको उत्तम साइत १६ गते बिहान ११ बजेर ५५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ ।
६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।
विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।


प्रतिक्रिया