समाचार

सुशीला क्याबिनेटको चिरफार, कुलमानको धमाकेदार इन्ट्री, बालेनका ओमप्रकाश विवादमा, अर्थका विज्ञ रामेश्वर (भिडियोसहित)


काठमाडौं— जेन–जीको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियन्ता कुलमान घिसिङ, पूर्व अर्थसचिव रामेश्वर खनाल र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार हुँदै जेन–जीका सल्लाहकार बनेका कानुनविद् ओमप्रकाश अर्याल अटाएका छन् । पूर्वसचिव खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा सहरी विकास एवं ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आइतबार नियुक्त भएका तीनै जना मन्त्रीहरूले सोमबार राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।