काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुधन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै गुरुङसहितका युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका छन् ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुधन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि उभिएर सुधन गुरुङले जनता पावरफुल रहेको भन्दै रोक्न खोजे थुतेर निकालिदिने चेतावनी दिए ।
सुधन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सुधनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।


प्रतिक्रिया