Breaking

सुशीला कार्कीको टीममा को को बने मन्त्री ?


काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेकी छिन । अन्तरिम सरकारका तीनजना मन्त्रीको टुंगो लागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहने तीन सदस्यको नाम टुंगो लगाएकी हुन्। पूर्वअर्थसचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री बन्दै हुनुहुन्छ । खनालले अर्थमन्त्रालय, घिसिङले उर्जामन्त्रालय र अर्यालले गृहमन्त्रालय सम्हाल्ने छन ।

आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि तीन जनाको नाम टुंगो लागेको हो । अधिवक्ता अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार छन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषदमा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकीएको छ ।

आज मन्त्रीहरूको शपथ हुने तयारी छ । खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन्। जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पु¥याउन अधिवक्ता अर्यालले भूमिका खेलेका थिए। अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्शमा छिन ।