काठमाडौं—शान्तिपूर्ण रुपमा सुरु भएको जेनजीको आन्दोलनले दोस्रो दिन हिंसात्मक रुप लिँदा शीर्ष नेताहरूको घरमात्रै असुरक्षित भएन कि ज्यानकै समेत सुरक्षा गर्न मुस्किल हुने अवस्था आयो । नेपाली कांग्रेसका सभापति एवम् पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा देउवाले आफ्नै निवासमा गम्भीर घाइते हुने गरी आक्रमणको सामना गर्नु प¥यो ।
भैंसेपाटीस्थित मन्त्री क्वाटरमा आगजनी हुँदा आधा घण्टा लगाएर मन्त्रीहरूलाई उद्धार गरियो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएर बालुवाटारबाट भाग्नु प¥यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ज्यान बचाउनकै लागि आफू बस्दै आएको खुमलटारको निवास छोड्नु प¥यो ।


प्रतिक्रिया