काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न अस्पताल पुगेर जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेटेकि छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकि हुन् ।
यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा आगजनी भएको प्रहरी चौकीको पनि निरीक्षण गर्ने बताईएको छ । भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा थुप्रै जनधनको क्षति भएको छ । अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने केही प्रहरीको पनि मृत्यु भएको छ ।
सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया