काठमाडौं — जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका बाजुराका एक युवकको खोजी गरिदिन परिवारले अपिल गरेका छन् ।
बाजुराको स्वामीकार्तिक खापरका २३ वर्षीय ओजन बुढा जेनजी आन्दोलनमा सहभागी हुन चाबहिलस्थित कोठाबाट निस्केपछि फर्केका छैनन् । आन्दोलनको पहिलो दिन हराएका युवक परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन आफन्तले अपिल गरेका हुन् ।
बुबा आमा बाजुरामै रहेका र कोठामा एक्लै बस्ने १२ कक्षामा अध्ययनरत बुढाको मोबाइल पनि स्वीच अफ रहेकाले परिवारमा अत्यास लागेको उनका मामा तीर्थराज बुढाले बताएका छन् ।
छोरा हराएको खबरपछि आफूहरूले खोज्दा नभेटिएपछि परिवारले सुरक्षा फौजको सहयोग मागेका छन् । उनीहरूले ओजनलाई कतै देखेमा वा उनको अवस्था थाहा भएमा निजको मामाको सम्पर्क नम्बर ९८६९४४५९७ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।


प्रतिक्रिया