देश

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३६८ उपचाररत


काठमाडौं — स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

त्यस्तै,विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा जेनजी आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा अन्धाधुन्ध गोली प्रहार गरिएको थियो ।