देश

संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्छ : सुहाङ नेम्वाङ


काठमाडौं— नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकासको लागि संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्ने बताएका छन् । घटनाक्रमपछि जेनजी पुस्ताका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गरीरहेको उल्लेख गर्दै उनले संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै जेनजी पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्नेमा आफु विश्वस्त रहेको उल्लेख गरेका छन् ।

आजलाई मात्रै होइन भोलीलाई समेत ध्यानमा राखेर विवेक, धैर्य र संयमका साथ अघि बढ्नु जरुरी रहेको उल्लेख गर्दै उनी भन्छन, ‘फेरी पनि समाधान संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संविधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुन्छ ।’

लोकतन्त्र र राष्ट्रिय स्वाधीनता रक्षा गरेर सुन्दर देश निर्माण गर्नका निम्ति एकजुट हुन उनले आग्रह गरेका छन ।